“Brainwashing”
Is there any law against
brainwashing? I literally want to know so that We can act accordingly. Me who
was always proud of our society now question myself if it’s really something to
feel proud of anymore.
समाज र संस्कृतिमा समयनुकुल बदलाब आवश्यक हुन । तर बदलाब कस्तो र कहिले ? बदलाब कोबाट र कस्कालागी?
“Brainwashing”
अर्थात
कसैलाई अफुनुकुल सोच्न बाध्यपार्नु। हुन त अस्पतालको खाचो भएको बेला सभागृह उद्घाटन तर्फ लाग्ने देशमा यस्तो सम्बेदनशील कुरा उठाउनुको औचित्य पनि देख्दिन। तर आफुवारिपरि यस्तो भैरहेको देख्दा वा भोग्दा मन थाम्न सकिन्न। मैले देखेको समाजमा ३ वर्गको मानिस छन्।
· Upper
Class:- धनी, पढे लेखेको जसले पूर्ण समानता नदिएपनि व्यवहारिक शिक्षा लाई महत्व दिन्छ।
· Middle
Class:- सामान्य रोजगार, जागिर बाट जीविका धानिरहेका व्यक्ति।
· Lower
Class:- जेनतेन जिवानार्जन गरिरहेका मजदुर आदि।
“Brainwashing” भन्ने कुनै बिशेष वर्गमा मात्रै सिमित छैन। सबैवर्गमा कुनै न कुनै माध्यमले “Brainwash” भैरहेको हुन्छ।
को हो दोषी?
एकलौटी सर्वोच्चता हासिल गर्न आतुर पुरुषको अहंकार? आफ्नो सन्तानका हितका लागि
लड्न नसक्ने ति आमाहरु? वा आफ्नै घरमा भैरहेको दुर्व्यवहार देखेर आखाँ चिम्ने ति पढेलेखेका देशका कर्णधार युबक?
![]() |
Pic Credit @mxch |
तर कहिलेसम्म?
कहिलेसम्म ति कलिला मस्तिष्कसंग भैरहेको खेलवाड लाई सहने? कहिलेसम्म छोरी जातलाई संस्कारको ओटमा वहिष्कृत हुन दिने ? कहिलेसम्म सम्म सपना हेर्नबाट वन्चित गर्ने ? र के यसमा मात्र पुरुषको दोष हो ? होइन। पुरुषप्रधान्त्वका मूल रक्षक् पनि समाजका महिलानै हुन्। हसियाँको सट्टा कलम दिन सक्दैनथिन् ति आमाले? आफ्नै कोखबाट जन्मेका दुई सन्तानमा विभेद भएको देख्दा उनको मुटु पनि त दुख्दो होला ।
पैसाको अभाव भन्दा ठुलो समस्या मानिसको सोचाइमा देखेकी छु। एकै घरको छोरा बोर्डिंग स्कुल र छोरी घरधन्दामा लागेको देख्नु, हाम्रो समाजमा सामान्य हो ।
किन?
पैसाको अभाव:- होइन
१ लाख खर्च गरेर छोरी पढाउन नसक्नेले ५ लाख दाइजो दिएर छोरीको बिहे गरेको देख्छु।
समस्या कहाँ छ ?
गरिबी ?
सोचाई ?
वा नियमको कमी ?
छोरी पढाउन पैसा छैन। मेरै अगाडी भन्ने गाउँको प्राथमिक बिद्यालयका प्रधानाध्यापकको छोरा पैसा तिरेर MBBS पढ्दै छन् र भर्खरै २० नाघेर २१ मा टेकेकी उनकी छोरीको बिबाह १० लाख दाइजो दिएर इन्जिनियर केटो संग गर्दै छु भन्ने प्रसंग उनकी पत्नी गर्वसाथ टोलछिमेकमा सुनाउँछिन्।
जन्मिदै छोरी भएपछि घरधन्दा जानुपर्छ, पछि गएर वच्चा पाउने, घरपरिवार चलाउने नै महिलाको कर्तब्य हो भन्ने सिकाईन्छ। प्रथम शिक्षामा कलम होइन डाडु समात्न लगाएर सोच्ने क्षमता नै वृद्धि हुन न दिई ति कलिला मष्तिस्कलाई“Brainwash” गरिन्छ। वर्षौ देखिको शासनलाई पुरुषप्रधान समाजले छोड्न नरुचाउनु पनि स्वाभाविकनै हो।
तर
उनको पनि के दोष। हुर्किदै गर्दा उनलाई पनि त महिलाको एकमात्र कर्तब्य आफ्नो सम्पूर्ण इच्छा त्यागी घरपरिवार चलाउनु सिकाइएको थियो। छोरी भनेको पराई हो। उनको आमाले पनि त त्यहि भन्नुहुन्थ्यो होला।
आखिर कता जादै छ हाम्रो समाज। एकदिन देवी र वर्षको बाकीदिन हेयदृष्टिले हेरिदा ति कलिला मस्तिष्कमा के प्रभाब पर्दो होला। नारि शिक्षा प्रति भाषण दिएर घर फर्केपछि छोरीले सन्कुचित भावले पढ्ने इछाव्यक्त गर्दा “पढेर के गर्छेस्। आखिर गर्ने घरधन्दा नै हो पछि”। यस्तो जवाफ दिन जिब्रो कसरी लटपटिदैन् त। सिक्नु छ यो कला कुनै दिन समाजका ति श्रेष्ठ ठेकेदार संग।
-पुजा सिंह
1 Comments
At the end women are the enemies of another women( there are various examples)
ReplyDeleteAnyway ur each and every words nd lines have ultimate depth. I really appreciate it😊